फोटो: दश बर्षे योजना अन्तर्गत हामीले उठाईएको सहयोगार्थ रकममध्ये मिलन थुलुङ राईज्युबाट प्राप्त रकम रु.१६,३००/-(पछी थप्नुभएको) हस्तान्तरण गरीदैं ।
थुरासा, युकेका अध्यक्ष ज्यु,
समितिका सबै सदस्य ज्युहरु,
सल्लाहकार ज्युहरु साथै सबै थुलु सामा युकेमा सेवो।
विषय: किराया युके को पत्राचार बारे।
उपरोक्त सम्बन्धमा, किराया युके केन्द्रको नामले हुन गैरहेको मिति 05/09/20 का दिन बार्सिक सभामा उपस्थित हुनको लागि गत महिनामा सामा लाई पठाईएको पत्रको बारेमा समितिको सल्लाहा, बहुमतको आधार, समुदाय सम्पर्क समितिको सल्लाहा, किरायाको आन्तरिक कारणहरु, कोभिड १९ अझै बिद्धमान रहेको साथै कार्यक्रम हुने स्थान समेत नतोकिएकोले र निम्न कुराहरुले गर्दा हामि सामाको तर्फ बाट उक्त कार्यक्रममा भाग नलिने निस्कर्समा पुगिएको सबैमा जानकारि गरिन्छ।
यहि कार्यक्रमको बिसयमा भखरै प्राप्त जानकारिनुसार, मिति 19 सितम्बरमा गर्ने तर जस्को लागि पहिला कुनै दिन केहि माध्यमबाट सल्लाहा गरिने सन्जालमा अबगत पनि भएको हुदा के हुने सर्बग्यान नभई रहेकोले यहाहरुलाई ज्ञात भए लगत्तै आबस्यक जानकारि गरिने पनि यहाहरु लाई सुचित गरिएकोछ।
धन्यवाद।
प्रार्थि
थुरासा,युके
केकास,बेलायत।
सर्बधन थुलुङ
महासचिव
07956660686
सबैमा सुस्वास्थ्यको कामना गर्दै नेपाल बाट प्राप्त पत्र प्रेश गरिएको हेर्नू होला र यो बिसयमा समितिको गत बैठकले निर्नय गरे बमोजिम कार्य सम्बन्धित स्थान बाट सिघ्र अघि बढाईने कुरा पनि जानकारी गरिन्छ।
अन्तमा, आगामी 05/07/20 आईतबार बेलुकी सदाकै समयमा सबै सदस्य ज्युहरु फोन सभाको लागि प्राप्तब्य हुनको लागि पनि सस्थागत अनुरोध गर्दछु, आलस्यो।
थुरासा,युके
केकास, बेलायत।
सर्बधन थुलुङ
महासचिव
थुलुङ समुदायका एक हस्ती रहेनन।
थुलुङ (राई) सामा, बेलायतका अध्यक्ष ज्यु लगायत समितिका सम्पुर्ण पदाधिकारी ज्युहरु, सल्लाहकार ज्युहरु, पुर्खाहरु, छेत्रीय प्रतिनिधि सदस्य ज्युहरु, युबा समिती लगायत युके बासी सम्पुर्ण थुलुङ परिवार अनि शुभचिन्तक ज्युहरुमा सेवो।
आज हामिलाई एउटा दुखको खबरले मर्माहत तुल्याएको छ।
जुन कुरा हामी अधिकाङ्स लाई थाहा हुन या नहुन पनि सक्ला कि गत सन् 2013 मा उनलाई सस्थाले सम्मान पनि बोलाएर गर्न सफल भएको थियो उनी थिए अक्स्फोर्ड बिस्वो बिधालयका सेवा निबृत्त प्रा. डा. निकोलस जोन आलन बिस्वो भासा सङ्कायका प्राद्यापक ज्यु जस्ले हाम्रो थुलुङ भासामा सन् 1975,76 मा अक्स्फोर्ड बिस्वो बिध्यालय बाट बिध्याबारिधी गरेका थिए सम्छेपमा भन्नू पर्दा, उनी अक्स्फोर्ड छेत्र मई स्थाई बसोबास गर्दै रहे पनि अबकाश पश्चात् दक्षिण अमेरिकाका देशहरुलाई हिमालय पर्बतमालाको बिसयमा ज्ञान दिने कार्य गरे र सके पश्चात् लगभग गत बर्स सम्म भारतको उडिसा राज्यको भासा अनुसन्धानमा लागिरहेका थिए तर जिवनले आफ्नो उत्तरार्ध नाघेकोले गत बर्ष यता यो महामारिले नभएर फाल्टै पुरानो बिमारले च्याप्दै लगेको हुदा उपचारको क्रममा गत महिना 21 मार्च 2020 मा असामयिक निधन भएको हो र बिबिध कारणले हामिले थाहा ढिलो पाईए पनि यो दुखद खबरले हामि सबैलाई स्तब्ध बनाएको छ, उहाले त्यो समयमा भए पनि हाम्रो भासालाई केही उजागर गर्ने, ईतिहास कायम गर्ने काम गरेर यो बिकशित मुलुक सम्म ल्याई केही बचाउने र चिनाउने कार्य गरे जुन कामलाई हामिले बिर्सनु अबस्य हुदैन।
उहाको जुन कार्यको सम्मान गर्दै यस दुखद घडीमा शोकाकुल परिवार लगायत उहाको आफ्नो आफन्त जनहरुमा दुख कस्ट सहन सक्ने शक्ति भगवान बाट प्राप्त होस साथै उहाको मृतात्माले स्वोर्गमा शान्ती र बास पावोस भनी थुलुङ (राई) सामा,बेलायत उनिप्रती हार्दिक श्रद्धान्जली अर्पन गर्दछ।
प्रार्थी
थुलुङ(राई)सामा,युके केन्दृय कार्य समिती बेलायत ।
सर्बधन थुलुङ महासचिब 07956660686
Thank you for visiting our website.